योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत राहत रकम वितरण
2023-05-09
संस्थाको भवनयस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत आज मिति २०८० बैशाख २६ गते संस्थाको भवनमा छोटो औपचारिक कार्यक्रम मार्फत संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठ ज्यु मार्फत राहत रकम वितरण गरिएको छ । यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य बनेपा ८, निवासी भक्ती माया जोशी सदस्यता नं। ००१००६९०६ को असामयिक निधन भएकोमा मृत्यु राहत बापत दिवंगत सदस्यको हकवाला श्री गणेश नारायण जोशी लाई रु ३०,०००।– राहत रकम प्रदान गरिएको छ । त्यस्तै हाल काठमाण्डाँै निवासी शेयर सदस्य श्री लक्ष्मी श्रेष्ठ (सदस्यता नं। ००१००४७६६) को स्वासनलीमा संत्रमनको उपचार गराईरहनु भएको हुँदा संस्थाको योगदानमा आधारित राहत योजना कार्यक्रम अन्तर्गत संस्थाको तर्फबाट रू। ३५,०००।– उपचार राहत हस्तान्तरण गरिएको छ, त्यस्तै बनेपा वडा नं. ९ निवासी शेयर सदस्य श्री कृष्ण गोपाल श्रेष्ठ (सदस्यता नं। ००१०००८६४) को फोक्सोमा क्यान्सरको उपचार गराईरहनु भएको हुँदा संस्थाको योगदानमा आधारित राहत योजना कार्यक्रम अन्तर्गत संस्थाको तर्फबाट रू। ३५,०००।– उपचार राहत हस्तान्तरण गरिएको छ । संस्था उहाँहरुको स्वस्थ तथा सुरक्षित भबिष्य कामना गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ ।
English
Nepali
